प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता, बिहीबारलाई तोकियो पेसी

पालिका संचारकर्मी
२३ फाल्गुन २०७९, मंगलवार १३:०२

काठमाडौं। जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका २८ जना कानुन व्यवसायीले संयुक्त रुपमा रिट दर्ता गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । रिट दर्ता भएपछि सर्वोच्च अदालतले बिहीबारलाई पेसीसमेत तोकिदिएको छ।

१ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै निवेदकहरूले रिट दर्ता गरेका हुन् ।