पिएनजीविरुद्ध आसिफको अर्धशतक, भुर्तेल ५ रनले चुके
काठमाडौं । नेपालका ओपनर आसिफ शेखले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा एक विकेट गुमाई १ सय १३ रन बनाएको छ । शेखले अहिले ६१ बनाएर खेलिरहेका छन् भने अर्का ओपनर कुशल भुर्तेल भने ४५ रनमा आउट भएका छन् ।