राष्ट्रपति निर्वाचन : केपी ओलीले गरे मतदान

पालिका संचारकर्मी
२५ फाल्गुन २०७९, बिहीबार १३:४९

काठमाडौं। राष्ट्रपति चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि मतदान प्रक्रियामा सहभागी भइसकेका छन् ।

विभिन्न दलका शीर्षनेताले मतदान गरिसकेपछि ओली मतदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित अन्य दलका शीर्ष नेताले मतदान गरेको केही समयपछि ओलीले मतदान गरेका हुन् ।

नौ दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच राष्ट्रपति पदमा प्रतिस्पर्धा भएको छ ।