राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ।
रास्वपा कार्यालय बिहीबार बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले मतदान सकिनु दुई घन्टाअघि पौडेललाई मत दिने निर्णय गरेको हो ।
लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।