राष्ट्रपति चयनका लागि मतदान सकियो, केही घन्टामै मतपरिणाम आउने

पालिका संचारकर्मी
२५ फाल्गुन २०७९, बिहीबार १५:२६

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो।

चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।

गणनामा राष्ट्रपतिका उम्मेदवारका एकरएक जना गणना प्रतिनिधि हुनेछन्। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो भएको छ।

मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ । रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।