मोबाइल पसलमा आगलागी हुदाँ लाखौंको क्षति
बर्दिवास । महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ ।
शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएको छ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको खबर पाउने बितिक्कै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएका थिए । क्षतिको थप विवरण संकलन भईरहेको छ।