म्यानमार : सेनाले ३० जनाभन्दा बढीको नरसंहार गरेको आरोप

पालिका संचारकर्मी
२९ फाल्गुन २०७९, सोमबार १३:४१

एजेन्सी । म्यानमारको सैन्य सरकारविरुद्ध लडिरहेको एउटा सशस्त्र समूहले सेनाले ३० जनाभन्दा बढीको हत्या गरेको जनाएको छ । देशको दक्षिणी भागमा रहेको शान प्रान्तमा रहेको एक बौद्ध विहारमा यी मानिसहरू शरण लिइरहेका थिए ।

जुन ठाउँमा यो घटना घटेको हो, त्यो क्षेत्र शान प्रान्तको राजधानी नेपिताव र छिमेकी देश थाइल्यान्डको सिमानाको बीचमा पर्छ ।

दुई वर्षअघि म्यानमारमा निर्वाचित सरकारलाई ध्वस्त पारेर सेनाले देशको कमान्ड हातमा लिएपछि यो क्षेत्र चरम द्वन्द्वको साक्षी बनिरहेको छ ।

सशस्त्र गुट कारेन्नी नेशनलिटिज डिफेन्स फोर्सको तर्फबाट जारी गरिएको भिडियोमा नाम निन गाउँको बौद्ध मठको अगाडि कम्तीमा २० वटा शव देख्न सकिन्छ ।

यीमध्ये केही शवहरूमा भगवा लुगाहरू छन् जुन परम्परागत रूपमा बौद्ध भिक्षुहरूले लगाउने गर्छन् ।