डोटी बहुमुखी क्याम्पसको निर्वाचन बीचैमा रोकियो
धनगढी । डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित भएको हो ।
मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले बताए ।
मतदाताको परिचयपत्रसमबन्धी सामान्य विवाद भइरहेकै समयमा केही व्यक्तिभित्र प्रवेश गरी मतपेटिका तोडफोडको कँडेलले जानकारी दिए । करिब ७५ प्रतिसत मतदान सम्पन्न भइसकेको अवस्थामा विवाद भएको निर्वाचन समितिले जनाएको छ ।
डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या ८०९ रहेको छ ।