जसपाले स्विकृत गर्यो उपराष्ट्रपतिको राजीनामा

पालिका संचारकर्मी
६ चैत्र २०७९, सोमबार १०:५५

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजिनामा स्विकृत गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गते देखी लागु हुने गरी राजिनामा स्विकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी दिएको राजिनामा स्विकृत गरिएको हो ।

जसपा नेपालको महासचिवसमेत रहेका यादव गत चैत ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।