रविको मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा

पालिका संचारकर्मी
६ चैत्र २०७९, सोमबार १४:५२

काठमाडौँ । रवि लामिछानेको राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय भएको छ ।

उच्च सरकारी वकिलको कार्यालयले उक्त निर्णय गरेको हो । यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।

लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो ।