खलिस्तानी हिंसामा उत्रेपछि भारतले ब्लक गर्यो क्यानेडली सांसदसहितको ट्विटर एकाउन्ट
नयाँदिल्ली । भारतमा धेरै खालिस्तान समर्थकहरूको टविटर एकाउन्ट ब्लक गरिएको छ।
यसरी टविटर एकाउन्ट ब्लक हुनेमा क्यानडाको न्यू डेमोक्र्याटिक पार्टीका सांसद जगमीत सिंह, क्यानडाकी कवयित्री रुपी कौर, स्वैच्छिक संस्था युनाइटेड सिख र क्यानडाका कार्यकर्ता गुरदीप सिंह सहोताको ट्विटर अकाउन्ट पनि ब्लक गरिएको छ ।
जगमीत सिंह भारत विरोधी टिप्पणीका लागि परिचित छन्। उनको टिप्पणीले विभिन्न देशमा यी खालिस्तान समर्थकहरुको आक्रमण बढेको भारतीय सरकारी अधिकारीले जनाएका छन् ।
उता, खलिस्तान समर्थकहरूले आइतबार लन्डनस्थित भारतीय उच्चायोगमा तोडफोड गरेका थिए । लण्डनस्थित भारतीय उच्च आयोगमा खलिस्तान समर्थकले तोडफोड र भवनबाट भारतीय झण्डा हटाउने खोजेपछि एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
लन्डन घटना पछि खालिस्तान समर्थकहरूले सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमासमेत हमला गरेका छन् । सोमबार अमेरिकाको सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासमा भएको आक्रमणप्रति भने भारतले कडा विरोध गरेको छ । अमेरिकी इन्चार्जलाई बोलाएर सम्पत्ति तोडफोडप्रति कडा आपत्ति जनाएको हो ।
अमेरिकी सरकारलाई कूटनीतिक प्रतिनिधित्वको संरक्षण र संरक्षण गर्ने आफ्नो मौलिक दायित्वको सम्झना गराइएको थियो, राज्य विभागले एक विज्ञप्तिमा जनाएको छ ।