होण्डा टेक्नीशियन स्कील कन्टेष्ट सम्पन्न
काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रवाट २/२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए ।
सो प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधि भर सहभागी टक्निशियन हरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै होन्डा स्ट्याण्र्डट प्रेसिड्युयर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।
यस अघि विभिन्न मितिमा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाण्डौ बाट २ जना, बिराटनगर बाट २ जना, जनकपुुर बाट २ जना, पोखरा बाट २ जना र भैरहवा बाट २ जना प्रतियोगि हरु छनोट भई आएका थिए ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.ली. ले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निशियन हरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा प्रथम द्वितिय तथा तृतिय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटीसी पोखराका झलेन्द ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए साथै अन्य सहभागी हरुले प्रमाण पत्र प्राप्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न अतिथी हरुको उपस्थीतीमा पुरस्कार तथा प्रमाणपत्र बितरण भएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुख हरुको उपस्थीतीमा सो कार्यक्रम मिति २०७९/१२/०३ गते सम्पन्न भएको थियो ।
पुरस्कृत मेकानीकहरु तेश्रो हुनेले रु.१५०००, दोश्रो हुनेले रु. २०००० र प्रथम हुने मेकानीकले रु.३०,००० नगद पुरस्कारका साथै प्रमाण पत्र प्राप्त गरेका थिए ।