बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

पालिका संचारकर्मी
१० चैत्र २०७९, शुक्रबार १६:०१

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । गत फागुन १३ गते तत्कालिन सरकारमा सहभागि राप्रपाले सरकारबाट बाहिरिदै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज दोश्रो पटक मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मतको लागि प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए ।

सोहि अनुसार आज भएको मत विभाजनमा मुख्यमन्त्री जम्कट्टेलले ६७ मत प्राप्त गर्दै विश्वासको मत प्राप्त गर्दा विपक्षमा १७ मत आएको छ भने ७ जनाले मत दिन्न भन्ने पक्षमा मत दिएका छन् । आज संसदमा रहेका १ सय १० मध्य ९१ जना सहभागि रहेका थिए ।