सुपर माई हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार खुला
काठमाडौं । सुपर माई हाइड्रोपावरको सोमबारदेखि नेप्सेमा सेयर कारोबार खुला भएको छ । ‘एसएमएच’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।
सुपर माईको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता सेयर गत साता सूचीकृत भएको थियो ।
यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १३०.७६ रुपैयाँदेखि ३९२.२८ रुपैयाँसम्म तोकेको थियो ।