सोमबारदेखि मकवानपुर र चितवन बीच तीन एकदिवसीय क्रिकेट हुँदै
मकवानपुर । मकवानपुर र चितवन जिल्लाको क्रिकेट टिमबीच तीन वटा मैत्रीपूर्ण एकदिवसीय क्रिकेट शृङ्खला हुने भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको निमन्त्रणामा हेटौंडाको हुप्रचौरमा मैत्रीपूर्ण खेल हुने मकवानपुर जिल्ला क्रिकेट संघका कार्यवाहक सचिव विनोद बानियाँले जानकारी दिनुभएको छ ।
मैत्रीपूर्ण खेल आज सोमबारदेखि सुरु हुनेछ । पूर्वकप्तान राम नरेश गिरीसहित तक्षक सिम्खडासहित सिनियर ४ खेलाडीलाई समावेश नगरी यु–१९ टिमका ४ खेलाडीलाई अवसर दिइने बताइएको छ । तीन दिन लगातार हुने मैत्रीपूर्ण खेलमा मकवानपुर जिल्ला क्रिकेट टिमको कप्तानी सुमन सुनारले गर्नेछ । खेल बिहान १० बजेबाट सुरु हुनेछ । मकवानपुर जिल्लाले यसअघि पनि चितवन, बारा, पर्सा, रौतहट जिल्लासँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ । मकवानपुर जिल्ला बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम समेत हो ।